वाग्मती प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिवलाई सङ्क्रमण

वाग्मती प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिवलाई सङ्क्रमण

केन्द्रबिन्दु
0
Shares

हेटौंडा ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयका एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो ।

काफ्लेलाई सङ्क्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ । परिवारको सदस्यलाई सङ्क्रमण पुष्टि भएपछि काफ्ले विगत १५ दिनदेखि घरमै बसेकी र कार्यालयमा उनको कसैसँग भेटघाट नभएको बुझिएको छ ।

सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको र अहिले आफू होम आइसोलेसनमा रहेको काफ्लेले बताइन् । सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १०, १५ दिनदेखि होम क्वारेन्टिनमा रहेकाले परिवारबाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उनले बताइन् ।

काफ्लेलाई सङ्क्रमण भए पनि मुख्यमन्त्रीको नियमित कार्य भने प्रभावित नहुने जनाइएको छ । “मुख्यमन्त्री ज्यू विगत देखिनै पर्याप्त सामाजिक दूरी र उच्च सावधानी अपनाएर आफ्ना कार्य गर्दै आउनु भएको छ त्यो निरन्तर रहन्छ”, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले भने। भेटघाटलाई भने न्यून पारिएको उनको भनाइ छ ।रासस

Logo