‘वाग्मती प्रदेशमा आईसियुको सङ्ख्या बढाइन्छ’ : मुख्यमन्त्री पौडेल

‘वाग्मती प्रदेशमा आईसियुको सङ्ख्या बढाइन्छ’ : मुख्यमन्त्री पौडेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि आईसियुको सङ्ख्या बढाइने बताएका छन् । बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिका पदाधिकारीसँग भएको छलफलमा मुख्यमन्त्री पौडेलले हाल गम्भिर प्रकृतिका बिरामीहरू देखा पर्न थालेकोले आईसीयुको सङ्ख्या बढाउनु पर्ने अवस्था आएको बताए ।

पौडेलले प्रदेश सरकारले आइसोलेशन कक्षहरुको निर्माण एवं सञ्चालन गरिरहेको जानकारी दिंदै कोरोना नियन्त्रणका लागि सरकार जिम्मेवार भएर लागेको धारणा राखेका थिए । अन्य जिल्लामा सङ्क्रमण कम भएपनि अहिले संघीय राजधानी समेत रहेको काठमाडौँमा कोरोनाबाट थप सङ्कट उत्पन्न हुन सक्नेतर्फ सचेत हुनुपर्ने भन्दै पौडेलले संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्य अनिवार्य रहेकोमा जोड दिए। पौडेलले काठमाडौको बढ्दो सङ्क्रमण दर घटाउन प्रदेशले विभिन्न स्थानमा क्वारेन्टिन र आईसोलेशन निर्माण गरी काम गरिरहेको जानकारी दिए।

कार्यक्रममा कोरोना सङ्क्रमणका कारण शिक्षा क्षेत्र समस्याग्रस्त बनेको विषयमा छलफल भएको थियो । छलफलका क्रममा समितिका सदस्य जीवनराम श्रेष्ठले शिक्षा र स्वास्थ्यका क्षेत्रमा प्रदेशसँग समन्वय र सहकार्य हुने बताए।

Skip This
Skip This
Logo