म कानुनको विद्यार्थी हुँ, प्रमाणबिना बोल्दिनँ: सुवास नेम्वाङ

म कानुनको विद्यार्थी हुँ, प्रमाणबिना बोल्दिनँ: सुवास नेम्वाङ

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको ८ औं बैठकलाई सम्बाेधन गर्दै नेकपा एमालेका उपनेता सुवासचन्द्र नेम्वाङले आफू कानुनको विद्यार्थी भएकाले प्रमाणबिना नबोल्ने भन्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको कटाक्ष गरेका छन्।

सर्वोच्चको  ह्वीप नलाग्ने, अनुशासनको कारवाही नहुने फैसलाले राजनीतिक संस्कार स्थापित नहुने र यसले कताकता विचलित बनाएको उनले बताए।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसँग संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा सिफारिस गरिरहँदा पनि पार्टीको निर्णयको चिठ्ठी पठाएको बताए। उनले त्यसो गरेकोमा धन्यवाद दिए र भने ठिक यहि हो कल्चर। त्यस्तै उनले माओवादी केन्द्रले पनि त्यही गरेको बताए।

'तपाईंहरुले समर्थन गरेको होइन। त्यो पनि तपाईंहरुले ठिक गर्नु भयो। तर, त्यही दाबीमा तपाईंहरुले स्वतन्त्र संसदको नाम झुन्ड्याइदिनु भयो,' उनले भने, 'सर्वोच्चको व्याख्या र तपाईंहरुको व्यवहार एउटै भयो? त्यसको लागि छलफल गरौं।'

 'तपाईंहरुको पार्टीमा अनुशासन चाहिने अरुकोमा अनुशासन नचाहिने, यही हो तपाईंहरुको मान्यता?' उनले प्रतिप्रश्न गर्दै भने, 'हामी कस्तो बहुदलीयताको अभ्यास गर्दैछौं ?'

काँग्रेसले देउवालाई विश्वासकाे मत दिँदा पार्टीकाे ह्वीप लाग्ने तर अन्य पार्टीलाई भने ह्वीप नलाग्नु अपव्याख्या भएकाे उनकाे जिकिर छ। 'तपाईंहरुले संसदमा आफ्ना सभापति शेरबहादुर देउवाले मत दिने दिन विश्वासको पक्षमा मत दिन भन्नुभएको होइन्, हो तपाईंहरुले ठिक गर्नुभयो, तर, के ह्वीप तपाईंहरुभित्र लाग्ने अरुलाई नलाग्ने हो ?'  

आफूहरु भने जस्तोसुकै कठिनाई भएपनि मिल्ने, ‘तपाईंहरुले शुभकामना दिनुहोस्’ उनले भने।

Logo