तत्काल खोप र निषेधाज्ञा अवधिको ब्याज मिनाहा गर्न प्रधानमन्त्रीसँग उद्योगी व्यवसायीकाे आग्रह

तत्काल खोप र निषेधाज्ञा अवधिको ब्याज मिनाहा गर्न प्रधानमन्त्रीसँग उद्योगी व्यवसायीकाे आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्रिय व्यवसायी महासंघले देशको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ।

आइतबार महासंघका अध्यक्ष नरेश कटुवालसहित नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कोरोना संक्रमणका कारण मुलुकको अर्थतन्त्र शिथिल बन्दै गएकाले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी व्यवसायीलाई तत्काल खोप तथा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा अवधिभरको बैंकको शतप्रतिशत व्याज मिनाहा गर्न माग गरिएको महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए।

अध्यक्ष कटुवालका अनुसार महासंघको टोलीले कोभिड प्रभावित उद्योगी र व्यवसायीलाई निषेधाज्ञा अवधिभरको बैंक ब्याज शतप्रतिशत मिनाहा गर्न र व्यवसाय तथा उद्योगलाई टिकाइ राख्न सहुलियत दरमा विनाधितो ऋण उपलब्ध गराउने वातावरण निर्माण गर्नसमेत माग गरेको छ। 

महासंघले उद्योगी व्यवसायीलाई सहज तरिकाले पुनर्कर्जा उपलब्ध गराउनु पर्ने, आगामी दुई वर्षका लागि कोभिड–१९ का कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई ब्याजदरमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाले गर्ने लगानी ५० प्रतिशत उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने बाध्यकारी नीति बनाइनु पर्ने प्रधानमन्त्रीसँग माग गरेको छ।

त्यस्तै, महासंघको टोलीले सबै किसिमका आर्थिक क्रियाकलाप अनिवार्यरुपमा विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गर्नसमेत माग गरेको छ। 

Skip This
Skip This
Logo