नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडी सोमबार सम्मानित भएका छन्। नेपाल एथलेटिक्स संघले एक कार्यक्रमको आयोजना गर्दै १३ औं सागमा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको हो।
१३ औं सागमा नेपालले एथलेटिक्सतर्फ ३ स्वर्णसहित कुल ८ पदक जितेको थियो । संघले स्वर्ण विजेतालाई १ लाख नगदबाट पुरस्कृत गरेको हो । यस्तै रजत विजेतालाई ३५ हजार र कास्य विजेतालाई २० हजार नगदबाट पुरस्कृत गरेको छ ।
सागमा सन्तोषी श्रेष्ठले १० हजार मिटर, गोपीचन्द्र पार्कीले ५ हजार मिटर र किरण सिंह बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए। महिलाको म्याराथनमा पुष्पा भण्डारीले रजत जितेकी थिइन्।
यस्तै सोमबहादुर कुमालले ८ सय मिटर, टंक कार्कीले १५ सय मिटर, हरिकुमार रिमालले ५ हजार मिटर र दिपक अधिकारीले १० हजार मिटरमा कास्य पदक जितेका थिए। खेलाडीहरुलाई एथलेटिक्स संघका अध्यक्ष राजिब बिक्रम शाह लगायतले पुरस्कृत गरे।





























प्रतिक्रिया