काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई मान्यता दिएको छ । तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको हो । राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिएका छन् । अध्यक्ष थापाले पार्टी एकीकरणले वैधानिकता पाएकोमा खुशी व्यक्त गर्दै २०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुनः एकिकृत गर्न सकेकोमा खुशी व्यक्त गर्दै गौरव लागेको बताएका छन् ।
एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ भने चुनाव चिन्ह हलो हुनेछ । अध्यक्ष थापाले आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प समेत गरेका छन् । निर्वाचन आयोगलाई धन्यवाद दिँदै थापाले सामाजिक सञ्जालमा लेखेका छन्–‘अब राप्रपाको झण्डामा गाई रहने छ भने चुनाव चिन्ह हलो हुनेछ ।’
त्यस्तै राप्रपाको चुनाव चिन्ह जनता समक्ष पुराउने प्रचार अभियानअन्तर्गत अध्यक्ष थापाले आजैबाट आफ्नो सामाजिक संजालको प्रोफाईलमा हलो अंकित तस्वीर राखेका छन् । साथै, उनले पार्टीका नेता तथा कार्यकर्तालाई पनि सोहीअनुसार गर्न आग्रह समेत गरेका छन् ।































प्रतिक्रिया