स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई तत्काल पदमुक्त गरियोस्ः डा. गोविन्द केसी

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई तत्काल पदमुक्त गरियोस्ः डा. गोविन्द केसी

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्षरत अभियन्ता डा. गोविन्द केसीले देउवाको सरकारबाट पहिलो गाँसमै ढुंगा लागेको टिप्पणी गरेका छन्।

व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएको विषयमा विरोध जनाउँदै उनले नयाँ सरकारबाट पहिलो गाँसमै ढुंगा लागेको बताएका हुन् । उनले विज्ञप्तिमार्फत विरोध गरेका हुन्।

निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने कदम निन्दनीय र अस्वीकार्य रहेको पनि उनको भनाइ छ।

डा. केसीले स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेका छन्। ‘स्वास्थ्य मन्त्रालयमा स्वार्थको द्वन्द्व हुने कुनै पनि व्यक्ति नियुक्त हुनु हुँदैन’, उनले भने ‘स्वास्स्थ्य राज्यमन्त्रीले शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको लगानीबाट अलग हुन वा उनलाई तत्काल पदमुक्त गर्न माग गरेका छन्।’

प्रधानमन्त्री देउवाले गएको आइतबार व्यपारीक घरानाका व्यक्ति उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए। उनको यो कदमको स्वास्थ्य क्षेत्रका जानकारहरूले विरोध जनाएका छन्।

यसैक्रममा केसीले पनि आज एक विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्। डा. केसीले भनेका छन्, ‘अब उप्रान्त व्यापारी वा व्यवसायीहरुले नेता वा तिनका परिवारका सदस्यलाई करोडौं घुस खुवाएर चोर बाटोबाट सांसद र मन्त्री हुने, सार्वजनिक संस्थाहरु डुबाउने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआओस्।’ 

Skip This
Skip This
Logo