सुटिङ र जुडो टोली मंगलबार नेपाल फर्कंदै

सुटिङ र जुडो टोली मंगलबार नेपाल फर्कंदै

केन्द्रबिन्दु
0
Shares

जारी टोकियो ओलम्पिक खेलकुदमा सहभागिता जनाएका नेपाली सुटिङ र जुडो टोली आज (मंगलबार) नेपाल आइपुग्ने भएका छन्। नेपाल ओलम्पिक कमिटीले सुटिङ र जुडोका ७ सदस्सीय नेपाली टोली मंगलबार नेपाल आइपुग्ने जनाएको छ।

नेपाली टिम कतारको दोहा हुँदै स्वदेश फर्कने छन्। टोकियो ओलम्पिकमा सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी थिइन्। छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। छनोट चरणमा ६ सय १६.८ अंक जोड्दै कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन्। उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४.५ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। तर, उनी फाइनल चरणमा भने पुग्न सकिनन्। ५० खेलाडी रहेको छनोट चरणमा कल्पना ४६ औं स्थानमा रहिन्।

यस्तै जुडोकी सोनिया भट्टले महिलाको ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन्। सोनिया पहिलो खेलमै पराजित भएकी थिइन्। राउण्ड अफ ३२ अन्तर्गत भएको खेलमा उनी रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी थिइन्।

Skip This
Skip This
Logo