राष्ट्रपति स्वास्थ्य परीक्षणका लागि त्रिवि अस्पताल

राष्ट्रपति स्वास्थ्य परीक्षणका लागि त्रिवि अस्पताल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएकी छिन् । 

मंगलबार बिहान अस्पताल पुगी उनले नियमित स्वास्थ्य उपचार गराएको उनका सञ्चारविज्ञ टीका ढकालले जनाए । ‘उहाँ नियमित स्वास्थ्य परीक्षण गर्न अस्पताल जानुभएको हो,’ ढकालले भने, ‘राष्ट्रपतिज्यूमा कुनै समस्या नभई नियमित जाँच मात्र गराउनु भएको हो ।’ राष्ट्रपति भण्डारी उपचारका लागि अस्पतालमा करीब ४० मिनेट बिताएकी थिइन् । ओली सरकार परिवर्तनपछि राष्ट्रपति तनावमा छिन् । रासस

Skip This
Skip This
Logo