प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले केही दिन अघि हिन्दु धर्ममाथि प्रहार गरेको आरोप लगाएका छन्।
‘सबै धर्मलाई सम्मान गर्ने देशमा बस्छौं हामी, सबै धर्मलाई उक्तिकै सम्मान गर्ने हामी नेपालीको धारणा हो तर, उहाँ जस्तो पढालेखा पूर्वप्रधानमन्त्रीले धर्ममाथि त्यस्तो ट्वीटमार्फत त्यस्तो अभिव्यक्ति दिनु गलत हो’–उनले भनेका छन्।
नेपालका हिन्दु धर्मावलम्बीहरु उहाँको त्यो अभिव्यक्तिप्रति दुःखि छन्, शाहले प्रतिनिधिसभाको शून्य समयमा आफ्नो तर्क राखेका छन्।
‘अब आइन्दा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबाट यस्तो टिकाटिप्पणी नआओस्, म माग गर्न चहान्छु’,उनले भनेका छन्।
के भनेका थिए बाबुरामले?
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चढाउँदै गरेको फोटो पोस्ट गरेका थिए।
उनले मेरा सहपाठीहरूले सम्प्रेषण गरेको’ भन्दै हिन्दु संस्कृतिप्रति कटाक्ष गर्ने फोटो पोस्ट गरेका थिए।
अहिले पनि नेपाल र भारत दुवै मुलुकका व्यक्तिहरू भट्टराईको खण्डनमा ओर्लिएका छन्।































प्रतिक्रिया