नेपालमा फाइभ-जी परीक्षणको बाटो खुल्यो

नेपालमा फाइभ-जी परीक्षणको बाटो खुल्यो

केन्द्रबिन्दु
0
Shares

पाँचौँ पुस्ताको नवीनतम प्रविधि मानिने फाइभ–जीसहित अन्य नयाँ प्रविधिको परीक्षणका लागि बाटो खुला भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको हालै बसेको बोर्ड बैठकले ‘फाइभ–जीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गर्दै नयाँ प्रविधिका लागि बाटो खुला गरिदिएको हो।

यससँगै फाइभ–जीसहित मेसिन टु मेसिन (एमटुएम), इन्टरनेट अफ थिङ्स (आईओटी)लगायत नयाँ प्रविधिको परीक्षण गर्न चाहने सेवा प्रदायकहरूले अनुमतिका लागि प्राधिकरणमा निवेदन दिन सक्नेछन्।

कार्यविधिले नयाँ प्रविधि परीक्षणका लागि कानुनी तयार गरिदिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए। फाइभ–जीसहित नयाँ प्रविधिका लागि बजार तयार भइसकेको छ। उनले भने, कुनै सेवा प्रदायकले त्यसको परीक्षण गर्न चाहेमा अब बाटो खुला भएको छ।

कार्यविधिले नयाँ प्रविधि परीक्षणका प्रक्रिया स्पष्ट गरिदिएको छ। त्यसका लागि सबैभन्दा पहिला परीक्षणका लागि निवेदन पेस गर्नुपर्नेछ। निवेदनमा नयाँ प्रविधिको जानकारी, परीक्षण गरिने स्थानहरू, उपलब्ध गराइने सेवाहरू, परीक्षणका लागि आवश्यक फ्रिक्वेन्सीको विवरण र नेटवर्क जडान र सञ्चालनको समय तालिका उल्लेख गरेको हुनुपर्नेछ। नयाँ प्रविधिको परीक्षण गर्दा ग्रामीण एवं सहरी दुवै क्षेत्र समेट्नु पर्नेछ। निवेदनको अध्ययन गरेर प्राधिकरणले परीक्षणको स्वीकृति प्रदान गर्न सक्नेछ।

स्वीकृतीपछि नेटवर्क निर्माण गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। नयाँ प्रविधिको परीक्षणका लागि आवश्यक पर्ने उपकरणहरू आयात तथा जडानको कार्य सुरु गर्नुपर्नेछ। यस्ता उपकरण आयातमा प्राधिकरणले भने सहजीकरण गर्नेछ। उपकरण जडान गरेपछि त्यसको जानकारी प्राधिकरणलाई गराउनुपर्नेछ। निवेदन स्वीकृत भएको तीन महिनासम्म पनि उपकरण आयात तथा जडान नभएमा स्वीकृति फिर्ता लिन सकिने व्यवस्था कार्यविधिले गरेको छ।गाेरखापत्रबाट

Skip This
Skip This
Logo