काठमाडौं ।
नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीलाई कोरोना संक्रमण भएको छ । संक्रमण देखिएपछि केसी काठमाडौंमै ‘होम आइसोलेसन’ मा बसेका छन् ।
सभापति केसीलाई मंगलबार कोरोना पोजेटिभ देखिएको उनले केन्द्रबिन्दुसँग बताएका छन् । रिपोर्ट पोजेटिभ आए पनि आफूलाई खासै समस्या नभएको पनि उनले बताए ।
कांग्रेस केन्द्रीय सदस्य एवं दाई अर्जुनरसिंह केसीलाई संक्रमण देखिएपछि उनले पनि आफ्नो पिसिआर परीक्षण गराएका थिए ।































प्रतिक्रिया