केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्तासँग ओलीकाे व्यस्तता

केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्तासँग ओलीकाे व्यस्तता

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थालेका छन्।

अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाटहरु पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरु गरेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बिहीबार पनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए । 

प्रधानमन्त्री रहँदा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै पार्टीका सम्पूर्ण बैठक गर्दै आएका थिए । अब पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुने कार्यालय सचिव तामाङले जनाए । उनले भने, ‘अध्यक्ष ओलीको स्वास्थ्यमा कुनैपनि समस्या छैन । उहाँ सक्रिय रुपमा कार्यालयमा उपस्थित हुनसक्ने अवस्था छ ।’ 

कार्यालयको व्यवस्थापन पनि व्यवस्थित गरिएको जनाउँदै तामाङले भने, ‘पार्टी केन्द्रीय कार्यालयमा अलि व्यवस्थित गरेर उहाँहरुलाई अर्को कुनै अप्ठ्यारो नहोस्, भीडभाड नहोस् भन्ने कुरालाई ध्यानमा राखेर कार्यकक्षहरुको व्यवस्था भएको छ । हामीले व्यवस्थित ढंगले नै भेट्ने र अरु पार्टीका कामहरु गर्ने वातावरण केन्द्रीय कार्यालयमा तयार भएको छ ।’

सचिव तामाङले पार्टीको बैठक तथा कार्यक्रमहरु भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाइएको पनि जनाए । 

Logo