काठमाडौं ।
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘बत्तीस लक्षणकी भएकी बुहारी’ सार्वजनिक भएको छ । सासु बुहारीबीचको सम्बन्धलाई व्यक्त गरिएको गीत डीआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक भएको हो ।
सुभाष प्रधानको निर्देशन र चाँदनी शाहीको सहनिर्देशन रहेको यस गीतको भिडियोमा मनोज ओली, रस्मी श्रेष्ठ, सपना थापा र प्रभास लिम्बुले अभियन गरेका छन् । डम्बर राईको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
फरक शैलीका गीतमार्फत डा.उपाध्यायले ३२ विश्व रेकर्ड राखेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित उनले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गरेका हुन् । भिडियो :































प्रतिक्रिया