आधिकारिकता विवाद निरूपण गर्ने क्रममा हेड काउन्ट गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध महन्थ ठाकुर पक्षले यही साउन ८ गते दिएको निवेदनअनुसार अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुँडालको संयुक्त इजलासमा निवेदनको सुनुवाइ हुने भएको हो। ७ साउनमा निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवाद निरूपण गर्न हेड काउण्ट गर्ने निर्णय गरेको थियो।
यही निर्णयलाई अन्तरिम आदेशमार्फत खारेज गर्नुपर्ने ठाकुरको माग थियो। तर, १० साउनमा प्रमुख निर्वाचन आयुक्त सम्मिलित बृहत् इजलासले सुनाएको फैसला त्रुटि नदेखिएको ठहर गर्दै अन्तरिम आदेशबारे छलफल गर्न निर्वाचन आयोग र ठाकुर पक्षलाई सर्वोच्चले बोलाएको थियो।
यद्यपि, ११ साउनमै आयोगले भने संसदीय दल र राष्ट्रिय कार्यकारिणी समितिमा स्पष्ट बहुमत रहेको ठहर्याउँदै जसपाको आधिकारिकता अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएको छ। ठाकुर पक्ष दलविहीन छ।





























प्रतिक्रिया