पाँच सयले बढ्यो सुनको मूल्य, कति छ आज?

पाँच सयले बढ्यो सुनको मूल्य, कति छ आज?

केन्द्रबिन्दु
0
Shares

साताको अन्तिम दिन आज पनि सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ५ सयले बढेको हो। 

यो हप्ता आइतबार १ सयले घटेको थियो। सोमबार १ सयले बढेको थियो। यस्तै मंगलबार ३ सयले घटेको थियो भने बुधबार ३ सयले नै बढेको थियो। बिहीबार ३ सयले बढेको सुन आज ५ सयले बढेको हो ।

गत हप्ता आइतबार ६ सयले घटेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ४ सयले बढेको थियो। यस्तै बुधबार सुन सात सयले नै घटेको थियो। बिहीबार पनि ७ सयले नै घटेको थियो भने शुक्रबार ३ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९२ हजार ९ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९२ हजार ४  सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज १५ रुपैयाँले बढेको छ। चाँदी आज एक हजार २८५ मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo