विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिच जारी टोकियो ओलम्पिक अन्तर्गत टेनिस प्रतियोगिताबाट बाहिरिएका छन्। शुक्रबार भएको सेमिफाइनलमा जोकोभिच जर्मनीका एलेक्सजेन्डर ज्वेरभसँग पराजित भएका हुन्।
एलेक्सजेन्डरले २० पटकको ग्राण्डस्लाम विजेता जोकोभिचलाई १–६, ६–३ र ६–१ ले पराजित गरे। गत महिना विम्बल्डनको उपाधि जित्दै जोकोभिचले २० औं ग्राण्डस्लाम उपाधि हात पारेका थिए।
यससँगै जोकोभिचको गोल्डेन स्लामको सपनासमेत अधुरो बनेको छ । अब एलेक्सजेन्डरले स्वर्णपदकका लागि रुसी खेलाडी करिन खाचानोभसँग खेल्नेछन्। रुसी खेलाडीले स्पेनका पाब्लो बुस्टालाई ६–३ र ६–३ को सेटमा हराए।





























प्रतिक्रिया