सुर्खेत ।
कर्णालीमा दैनिक कोरोना सङ्क्रमणमुक्त भन्दा सङ्क्रमित हुनेको सङ्ख्या दोब्बरले बढ्दै जान थालेको छ । आज सङ्क्रमित हुनेको सङ्ख्यालाई हेर्दा निको हुने भन्दा शतप्रतिशत बढी सङ्क्रमित थपिएका छन् ।
कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा मंगलबार एकै दिन ७९ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका बरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिए। उनका अनुसार कोरोना सङ्क्रमणमुक्त भने ३९ जना व्यक्ति भएका छन् । “७९ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या तीन हजार ९६८ पुगेको छ,” बरिष्ठ जनस्वास्थ्य प्रशासक शाहीले भने, “आज ३९ फिर्ता भएसँगै तीन हजार १८५ व्यक्ति सङ्क्रमणमुक्त भएका छन् ।”
सङक्रमितहरुमा सुर्खेतका ५२, दैलेखका पाँच, कालीकोट र रुकुमपश्चिमका चार/चार, सल्यान र जाजरकोटका तीन/तीन, जुम्ला र हुम्लाको एक/एक र अन्य प्रदेशका छ जना रहेको उनले बताए। त्यसैगरी, प्रदेशका विभिन्न आइसोलेशनमा ७५१ जना रहेको उनले जनाए । हालसम्म कर्णालीमा कोरोना सङ्क्रमणबाट १० जना व्यक्तिको मृत्यु भएको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ ।





























प्रतिक्रिया