नेपाली सेनाको बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापति तोकिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक ऐन २०६३ को दफा ८ को उपदफा ३ अनुसार शर्मालाई साउन २६ गतेदेखि लागू हुने गरि कायममुकायम प्रधानसेनापति तोकेकी हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले १२ साउनको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको आधारमा कायममुकायम जिम्मेवारी आइतबार तोकिएको केन्द्रविन्दुलाई बताए।
वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन बर्से कार्यकाल भदौ २५ गते सकिँदैछ।
कार्यकाल सकिन एक महिना अगाडिदेखि प्रधानसेनापति बिदामा बस्ने प्रचलन छ। सोहीअनुसार थापा साउन २५ गतेदेखि विदामा बस्दैछन्।





























प्रतिक्रिया