नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निक्कै तनावमा देखिएका छन्। पार्टी पंक्तिमा आफूनिकट दोस्रो तहका नेताहरूले आफूले भनेको मान्न छाडेपछि उनी दबाब र तनावमा परेका हुन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालको अप्ठ्यारो अवस्थाबारे पार्टीको स्थायी कमिटी बैठकमा चर्चा गरेका छन्। माओवादी केन्द्रका एक नेताका अनुसार पछिल्लो केही दिनयता नेता नेपाल निक्कै अप्ठ्यारोमा परेको जानकारी अध्यक्ष दाहालले बैठकमा दिएका थिए।
अध्यक्ष दाहालको भनाई उद्घृत गर्दै ती नेताले भने, ‘माधव नेपाल साह्रै ठूलो धर्म–संकटमा पर्नुभएको छ, तत्कालै सरकारमा सहभागी हुने अवस्था देखिएन। पार्टीमा उहाँले चाहेजस्तो हुने अवस्था बनेको छैन। सायद आज उहाँ (नेपाल) पक्षको बैठकले केही निर्णय गर्ला।’
अध्यक्ष दाहालको यो भनाइले पनि स्पष्ट बुझ्न सकिन्छ कि नेपाल राजनीतिक र कानुनी रूपमा निक्कै अप्ठ्यारोमा परेका छन्। वरिष्ठ नेता नेपाल अप्ठ्यारोमा पर्नुको प्रमुख कारण हो–उनीनिकट दोस्रो तहका नेताहरूले साथ छाड्नु।
तत्कालीन प्रधानमन्त्री तथा आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक प्रतिनिधिसभा विघटन गर्दा माधव पक्षका नेताहरू एक मत भएका थिए। उनीहरूले ओलीले असंवैधानिक काम गरेको भन्दै ओलीविरुद्ध उभिए। सर्वोच्च अदालतले दुवैपटक ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै उल्ट्याइदियो। एमाले माधव पक्षका नेताहरूसहित कांग्रेस, माओवादीलगायत दलले गरेको आन्दोलनले सार्थकता पायो।
कुरा त्यतिमा मात्र रोकिएको थिएन्, दोस्रो पटक भएको प्रतिनिधि सभा विघटन विरुद्ध उभिदा माधव पक्षका नेताहरूले आफ्नै पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन हस्ताक्षर गरेका थिए र सर्वोच्चमा बुझाएको रिट निवेदनमा प्ररमादेशबाट कांग्रेस सभापति शेरेलाई प्रधानमन्त्री बनाईदिन सर्वोच्चमा माग राखेका थिए।
उनीहरूको माग अनुसार सर्वोच्च अदालतले असार २८ मा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिदियो। त्यसबेला माधव नेपालसहित रिट निवेदनमा हस्ताक्षर गर्ने २३ जनाविरुद्ध एमालेमा विरोध भयो।
एमालेभित्र विवाद निरुपण गर्न गठित भूमिकाहीन अवस्थामा रहेको कार्यदललाई ब्युँताएर पार्टीमा एकता गर्न खोजिएको थियो र, विवाद निरुपणको बाटोमा थियो। त्यति नै बेला नेपाली कांग्रे्रसका सभापति शेरबहादुर देउवाले विश्वासको मत लिन हतारो गरे।
‘म विश्वासको मत लिन हतार गर्दिनँ’ भनेको दुई दिनमै साउन ३ मा प्रतिनिधिसभा ब्युँतिएपछिको पहिलो बैठकमा देउवाले विश्वासको मत लिन खोजे। एमाले माधव पक्षका नेताहरूले देउवाको उक्त कदमको आलोचना गरे। त्यसै दिन अर्थात ३ साउनमा एमालेका १० जना सांसदले देउवालाई मत दिएनन्। विश्वासको मत नदिने १० सांसद एमाले माधव नेपाल पक्षका दोस्रो तहका प्रभावशाली नेता थिए।
स्रोतका अनुसार ३ साउनपछि ती १० सांसद माधव नेपालसँग रुष्ट रहेका छन्। त्यसको उदाहरण हो–‘भीम रावलको राजीनामा प्रकरण’। भीम रावलले पनि देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउनुपर्छ भन्दै सर्वोच्चमा पुगेर रिटमा हस्ताक्षर गरेका थिए।
अध्यक्ष दाहालको यो भनाइले पनि स्पष्ट बुझ्न सकिन्छ कि नेपाल राजनीतिक र कानुनी रूपमा निक्कै अप्ठ्यारोमा परेका छन्। वरिष्ठ नेता नेपाल अप्ठ्यारोमा पर्नुको प्रमुख कारण हो–उनीनिकट दोस्रो तहका नेताहरूले साथ छाड्नु।
तर, उनी विश्वासको मत दिने दिन एकाएक ‘युटर्न’ भए। रावलले पार्टीमा एकता कायम गर्न उक्त कदम चालेको बताएका थिए। रावलले त्यही दिन आँट गरे पनि माधव नेपालसँग अन्य धेरै नेता रुष्ट रहेका माधव पक्षका एक नेताले बताए।
आफ्नै पार्टीमा संर्षष गरेर पार्टीलाई गतिशील बनाउनुपर्ने अवस्थामा विपक्षीसँग मिलेर पार्टी र आन्दोलन ध्वस्त पार्न खोजेको भन्दै उनीहरू माधव नेपालले भनेको कुरा मान्न छाडेको स्रोतको दाबी छ।
प्रचण्डसँग आज कोटेश्वरमा वरिष्ठ नेता माधव नेपालले माथिल्लो तहका केही नेताले केपी ओलीसँग सरेन्डर गर्न खोजेको, दोस्रो तहका केही नेताले धोका दिएको तर, तल्लो पंक्तिका नेताहरू भने आफ्नो साथमै रहेको बताएका थिए। स्थायी कमिटीको बैठकमा माअेवादी केन्द्रका अध्यक्ष दहालले नेताहरू सँग भनेका थिए।
त्यस्तै एमाले ओली पक्षका एक नेताले माधव पक्षमा उभिएका ७ जना माथिल्लो र दोस्रो तहका नेताहरूले नेता नेपालको साथ छाड्ने बताए। ‘दोस्रो माधव पक्षमा उभिएका नेताहरूले बल्ल माधव नेपाललाई चिन्दै हुनुहुन्छ, आन्दोलन ध्वस्त पार्ने, आफ्नै सरकार ढाल्ने, पार्टी एकता गर्न नदिन तरि–तरिका प्रस्ताव राख्ने, यी सबै
गतिविधिलाई नजिकबाट बुझेर उहाँहरू मूल पार्टीमा फर्किनुहुन्छ,’ ती नेताले केन्द्रबिन्दुलाई बताए। विश्वासको मत दिएका २२ जना भने मन्त्री पद, गाडी, अपार्टमेन्टको प्रलोभमा परी आन्दोलन तहसनहस पार्न लागेको पनि उनको आरोप छ।
ती नेताले अब छिट्टै माधव नेपालबाहेक पार्टी एकता कायम हुने उल्लेख गरे।





























प्रतिक्रिया