प्रदेश नम्बर ५ को नाम र राजधानी दुई तिहाइ मतले पारितदेखि दशैंमा नयाँ नोट सटहीको जिम्मा बैंकलाईसम्म (भिडियोसहित)

प्रदेश नम्बर ५ को नाम र राजधानी दुई तिहाइ मतले पारितदेखि दशैंमा नयाँ नोट सटहीको जिम्मा बैंकलाईसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रदेश सरकारको प्रस्ताव दुई तिहाइ मतले पारित भएको छ । मंगलबार प्रदेश नम्बर ५ को सभामा भएको मतदानबाट उक्त प्रस्ताव दुई तिहाइ मतले पारित भएको हो । प्रदेशको राजधानी दाङ बनाउने प्रस्तावको पक्षमा ६९ जना र विपक्षमा १३ जनाले मतदान गरेका थिए भने प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ जनाले मतदान गरेका छन् भने विपक्षमा ४ जनाले मतदान गरेका छन् ।

त्यस्तै दार्चुलाको व्यास गाउँपालिका १ छाङरुबासीलार्ई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवतजावत गर्न सजिलो भएको छ । नेपाली सेनाले घाँटीबगर–छाङरु गोरेटो र घोरेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि त्यस क्षेत्रका जनतालाई महाकाली वारी किनारैकिनार भएर आवतजावत गर्न सहज भएको हो ।

माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदीबलाई भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको छ । फौजदारी अदालतले सत्तामा रहेका समय राज्यको पर्यटन प्रवद्र्धकहरूबाट घुस स्वीकार गरेको आरोपमा उनलाई १ लाख २९ हजार अमेरिकी डलर जरिवानासहित २० वर्ष जेल सजाय सुनाएको हो ।

त्यस्तैगरी यतिबेला इन्डियन प्रिमियर लिग (आईपीएल) ले विश्वभर क्रिकेटको माहोल तातेको छ । महामारीका बीच उच्च सतर्कता अपनाउँदै क्रिकेट सञ्चालन सम्भव छ भन्ने सन्देश पनि आईपीएलले दिएको छ । तर, कोरोनाका कारण नेपालमा तय भएका चर्चित तीन क्रिकेट लिग, धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगको मिति अनिश्चित बनेको छ । कोरोनाको चपेटामा परेका आयोजकले सकारबाट अनुमति पाए विकल्पको बाटो खोजेर प्रतियोगिता सञ्चालन गर्ने दाबी गरेका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण यसपालिको दशैंमा लाइन बसेर नयाँ नोट साट्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा केन्द्रीय कार्यालय, मुद्रा व्यवस्थापन विभाग थापाथली तथा राष्ट्र बैंक अन्तर्गतका उपत्यकाबाहिरका शाखाहरुबाट नयाँ नोट साट्ने व्यवस्था गर्ने गथ्र्याे । तर यसपालि भने संक्रमणका कारण नयाँ नोट सटहीको जिम्मा बैंकलाई दिने भएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Skip This
Skip This
Logo