‘महानायक’ विवादपछि ‘मुन्द्रेको कमेडी क्लब’मा दीपाश्रीको ठाउँमा करिश्मा

‘महानायक’ विवादपछि ‘मुन्द्रेको कमेडी क्लब’मा दीपाश्रीको ठाउँमा करिश्मा

केन्द्रबिन्दु
0
Shares

टेलिभिजन कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ को अध्यक्षको कुर्सीमा दीपाश्री निरौलाको ठाउँमा अब अभिनेत्री करिश्मा मानन्धर देखिने भएकी छिन्।

बन्दाबन्दीपछि कार्यक्रम रोकिएकोमा दोस्रो सिजनमा करिश्माले शोको अध्यक्षता गर्ने कार्यक्रम सञ्चालक हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले बताए। अब फरक शैलीमा कार्यक्रम आउने बताउँदै उनले दोस्रो सिजनको पहिलो भाग छायांकन समेत भइसकेको जानकारी दिए।

निर्माण कम्पनी ‘कि इन्टरटेन्मेन्ट’ को चाहना अनुसार अध्यक्ष परिवर्तन भएको कार्यक्रम सञ्चालक नेपालले बताए। “अरु कुनै समस्या भएर होइन, नयाँ सिजनमा केही नयाँ होस् भन्ने निर्माण कम्पनी चाहाना अनुसार अध्यक्ष परिवर्तन हुनुभएको हो”, उनले भने।

कलाकार तथा निर्देशक दीपाश्रीले एउटा टेलिभिजन अन्तर्वार्तामा राजेश हमाल ‘महानायक हो र’ भनेपछि विवादमा परेकी थिइन्। चौतर्फी आलोचना र गालीगलौज भएपछि उनले सार्वजनिक रुपमा माफी समेत मागेकी थिइन्।

महानायक विवादमा परेकै कारण कार्यक्रममा दीपाश्रीको ठाउँमा करिश्मालाई राखिएको अनुमान गरिएको छ।

यता, करिश्माले सामाजिक सञ्जाल फेसबूकमा जितु नेपालसँगको फोटो पोस्ट गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ को परिवारको रुपमा जोडिएको उल्लेख गर्दै दर्शकको साथ पाउने आशा व्यक्त गरेकी छिन्। चलचित्रको माध्यमबाट दर्शकसँग जोडिएको सम्बन्ध यो कार्यक्रमबाट अझै प्रगाढ हुने विश्वास लिएको समेत उनले बताएकी छिन्।

Skip This
Skip This
Logo