टोकियो ओलम्पिकः मेक्सिकोलाई स्तब्ध पार्दै ब्राजिल फाइनलमा

टोकियो ओलम्पिकः मेक्सिकोलाई स्तब्ध पार्दै ब्राजिल फाइनलमा

केन्द्रबिन्दु
0
Shares

जारी टोकियो ओलम्पिकको पुरुष फुटबल अन्तर्गत ब्राजिलको यू–२३ टिम फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको पहिलो सेमिफाइनलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै ब्राजिल स्वर्ण नजिक पुगेको हो। 

खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको हो। पेनाल्टीमा ब्राजिलले बाजी मार्यो। पेनाल्टीमा ब्राजिलका डानी अल्भेस, गाब्रियल मार्टीनेली,ब्रुनो गुइमारेस र रेइनिरीले गोल गरे।

मेक्सिकोका कार्लोस रोड्रिगेजले गोल गर्दा जोहान भास्केज र इडुवार्डो अग्युइरीले गोल गर्न सकेनन्। ब्राजिलले अब स्वर्ण पदकको लागि जापान र स्पेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Skip This
Skip This
Logo