काठमाडौं ।
नेकपा सचिवालयको बैठक शुरु भएको छ । तीन दिनदेखि लगातार स्थगित भएको बैठक आज बसेको हो । अपराह्न चार बजेका लागि बोलाइएको बैठक केहीबेर अघि बालुवाटारमा शुरु भएको हो ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेट भएपछि स्थगित भएको बैठक बोलाउने निर्णय गरिएको थियो ।
आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।































प्रतिक्रिया