काेभिडले अटोमोबाइल क्षेत्र धरापमा पर्याेः नाडा

काेभिडले अटोमोबाइल क्षेत्र धरापमा पर्याेः नाडा

केन्द्रबिन्दु
0
Shares

नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको गएको ७ सदस्यीय नाडा प्रतिनिधि मण्डल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। 

बुधवार भएको भेटवार्ताका क्रममा नाडाले कोभिड १९ को कारण सरकारले लगाएको बन्दाबन्दीको कारण समग्र अटोमोवाइलक्षेत्र नै धरापमा परेको भन्दै यसलाई पुनरुत्थान गर्न विशेष पहल गर्न आग्रह गरेको छ।  

भेटवार्ताका क्रममा केन्द्रीय कार्य समिति सदस्य, सार्वजनिक सवारी साधन समिति तथा सडक सुरक्षा तथा वातावरण समितिका सभापति राजनबानु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस, मिनिबस र माइक्रोबस व्यवसायीहरु ठूलो मर्कामा परेकोले उनीहरुको राहतका लागि सरकारले अन्य व्यवसायीहरुलाई उपलब्ध गराउँदै आएको जस्तै आर्थिक राहत दिलाउन आग्रह गरे । 

उनले वन तथा वातावरण मन्त्रालयले जीप, कार भ्यान र मोटरसाइकलमा युरो–६/ बीएस–५ लागू गर्न लागेको विषय सराहनीय भए पनि त्यसको कार्यान्वयनका लागि व्यवसायीहरुलाई पर्याप्त समय उपलब्ध गराई दिने व्यवस्थाका लागि प्रधानमन्त्रीसँग आग्रहसमेत गरे।

सो छलफलमा नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य दिपक अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो।                                              

Skip This
Skip This
Logo