सर्वोच्चद्वारा महन्थको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्चद्वारा महन्थको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

केन्द्रबिन्दु
0
Shares

महन्थ ठाकुरको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। 

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले ठाकुरको माग अनुसार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। तर, कारण देखाउ आदेश भने जारी गरेको छ।

इजलासले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, निर्वाचन आयोगसहितका विपक्षी र ठाकुर पक्षलाई अन्तरिम आदेशका लागि लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ।

११ साउनमा निर्वाचन आयोगले बहुमतको आधारमा जनता समाजवादी पार्टीको आधिकारिता यादव पक्षलाई दिने फैसला गरेपछि १५ साउनमा ठाकुर सर्वोच्च पुगेको थियो।

सर्वोच्चको फैसलाले अन्यायमा परेको भन्दै ठाकुरले १ असारमा आफूले हेरफेर गरेको जसपाको राष्ट्रिय कार्यकारिणी समितिलाई आधार मानेर फैसला गरिनुपर्ने र आयोगको निर्णयलाई बदर गर्नुपर्ने माग गरेका थिए। 

Logo