दोहा कतार ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको खोप सरकारले कतारका सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने भएको छ । सरकारी हमाद अस्पताल संक्रमक रोग प्रमुख डा अव्दुल्लातिफ खलले एक अन्तर्वार्ताका उक्त कुरा बताएका हुन् ।
कतारको स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय रूपमा खोप विकास गरिरहेको फाइजर र बायोनटेक कम्पनीसँग अग्रिम सम्झौता गरी सकेको र सन २०२१ को केही महिना भित्रै खोप उपलब्ध हुने खलले बताएका छन् ।
खोपको विश्वभरबाट उच्च माग भएको हुँदा कतारमा सुरुमा बिरामीहरूलाई प्राथमिकता दिने र क्रमशः व्यक्ति, परिवार तथा समुदायमा उपलब्ध गराईने भएको छ । कतारमा हाल सम्म १ लाख २६ हजार भन्दा बढी कोरोनाका सङ्क्रमित फेला परेका छन् । जसमध्ये १ लाख २३ हजार भन्दा बढीले स्वास्थ्य लाभ गरी सकेका छन् । कोरोनाका कारण २१६ जनाको मृत्यु भई सकेको छ जसमा १८ जना नेपाली नागरिक रहेका छन् ।





























प्रतिक्रिया