गृहमन्त्री खाणद्वारा देशको शान्ति सुरक्षाबारे जानकारी

गृहमन्त्री खाणद्वारा देशको शान्ति सुरक्षाबारे जानकारी

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाणले मुलुकको शान्ति सुरक्षाको बारेमा जानकारी लिएका छन्। गृह मन्त्रालयमा बुधबार प्रधानसेनापति पूर्णचन्द्र थापा र कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरी मुलुकको समग्र शान्ति सुरक्षाबारे जानकारी लिएका हुन्। 

भेटमा देशको शान्ति सुरक्षा, कोभिड नियन्त्रणबारे छलफल भएको गृहमन्त्री खाणका स्वकीय सचिव बिजेश न्यौपानेले जानकारी दिए। चैतसम्म देशभर कोरोना खोप उपलब्ध गराउनेबारे पनि भेटमा छलफल भएको थियो। 

यसैबीच गृहमन्त्री खाणले गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश संसदीय मामिलामन्त्री बिन्दुकुमार थापासँग पनि भेटघाट गरेका छन्। भेटमा गण्डकी प्रदेशको पछिल्लो कार्य प्रगति र भावी योजनाको बारेमा छलफल भएको थियो। 

भेटमा मन्त्री थापाले गण्डकी प्रदेश पर्यटकीय क्षेत्र भएकाले पर्यटन व्यवसायी र गण्डकी प्रदेशका जनताको लागि आवश्यक खोप उपलब्ध गराउन सङ्घीय सरकारका मन्त्री खाणसमक्ष आग्रह गरेका थिए। जवाफमा मन्त्री खाणले सबै नेपालीलाई खोप उपलब्ध गराउनेबारे नेपाल सरकार गम्भीर भएर लागेको बताए। 

Skip This
Skip This
Logo