कांग्रेसका ४२ युवा नेताको मागः महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरियोस्

कांग्रेसका ४२ युवा नेताको मागः महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरियोस्

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका ४२ जना युवा नेताले पार्टीको १४ औं महाधिवेशन निश्चित गर्न माग गरेका छन्।

महाधिवेशन अनिश्चित भएपछि रञ्जित कर्ण, मनोजमणि आचार्य, सुवासकुमार पोखरेल, श्रीराम लामिछानेलगायतका ४२ जना युवा नेताले सभापति शेरबहादुर देउवाले प्राप्त गर्नेगरि पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई आज पत्र बुझाउँदै महाधिवेशन निश्चित गर्न माग गरेका हुन्।

महाधिवेशन अनिश्चित हुँदा कांग्रेसको गरिमामा क्षति पुगेको उनीहरूको निष्कर्ष छ। ‘सबल कांग्रेसका लागि युवा अभियान’ सुरु गर्ने निर्णय गरेका युवा नेताहरूले विधान, नियमावली अनुरुप न्यायपूर्ण ढंगले क्रियाशील सदस्यताको विवाद समाधान गर्न र धर्नासँगै अनशन गरेकाहरूको गुनासो सम्बोधन गर्दै महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन्।

क्रियाशील सदस्यता पुनः छानबिन गरी वडा तहबाट नै सिफारिसको आधारमा क्रियाशील सदस्यता वितरण गर्ने व्यवस्था कार्यान्वयन गर्न र लोकतन्त्रसँगै कांग्रेसलाई जोगाउन सम्पूर्ण पुस्ताको सहभागिता महाधिवेशनमा निश्चित गर्न पनि उनीहरूको माग छ।

Logo