फटकशिला खण्डमा पहिराे गएपछि हेलम्बु राजमार्ग अवरुद्ध

फटकशिला खण्डमा पहिराे गएपछि हेलम्बु राजमार्ग अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

लगातारको वर्षाले पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ। बिहान ६ः५० बजेको समयमा मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला ठाडो पहिराेमा इन्द्रावती नदीले बाटो कटान गर्दा २० मिटर बाटो झरेर मेलम्चीतर्फ जाने बाटो पूर्णरूपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

सहजताका लागि वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए। 

अहिले मेलम्चीबाट काठमाडाैं र काठमाडाैंबाट मेलम्ची आएका यातायातका साधन र यात्रु अलपत्र परेका स्थानीयवासी शालिग्राम घोरासैनीले जानकारी दिए।रासस 

Skip This
Skip This
Logo