भदौमा महाधिवेशन सम्भव छैन, मंसिरमा हुन्छः महामन्त्री डा. कोइराला

भदौमा महाधिवेशन सम्भव छैन, मंसिरमा हुन्छः महामन्त्री डा. कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका छन्।  

आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण भदाैमा महाधिवेशन सम्भव नरहेको बताएका हुन्।

उनले भने, “आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मंसिरसम्ममा हुन्छ।” पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उनले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनु पर्ने बताए। कांग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरुको माग रहेको उनकाे भनाइ थियाे।

काेइरालाले भने,“पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु। संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ। सबै निर्वाचन लडे हारिन्छ। एउटा मात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ।” 

फरक प्रसङ्गमा उनले आफू मन्त्रिमण्डलमा सहभागी नहुने र बाहिर बसेर सरकारलाई सहयोग गर्ने बताए।

Skip This
Skip This
Logo