जेल जीवन विताइरहेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा अस्पताल भर्ना

जेल जीवन विताइरहेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जाकोब जुमा अस्पताल भर्ना भएका छन् । जेल जीवन बिताइरहेका जुमाले अफ्ठेरो  महसुस गरेपछि उनलाई चिकित्सकको निगरानीमा शुक्रबार अस्पताल भर्ना गरिएको हो । 

पूर्वराष्ट्रपति जुमा भ्रष्टाचारसम्बन्धी एउटा अदालती सुनुवाइमा उपस्थित नभएको भन्दै उनलाई अदालतको अवहेलनामा दोषी ठहर गरिएको थियो । भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षिय जुमालाई अदालतले अवहेलना मुद्दामा १५ महिनाको जेल सजाय सुनाइएको थियो । त्यसपछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । 

जुमा जेल परेपछि उनका समर्थकले दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन गरेका थिए । हिंसामा परी कम्तीमा ६ जनाको मृत्यु भएको थियो भने सयौँ पक्राउ परेका थिए ।  अहिले भने अवस्था सामान्य बन्दै गएको छ ।  

Logo