अत्याधुनिक हतियार देखाई सुन लुट्न खोज्ने समूह पक्राउ

अत्याधुनिक हतियार देखाई सुन लुट्न खोज्ने समूह पक्राउ

केन्द्रबिन्दु
0
Shares

अत्याधुनिक हतियारसहित मोरङकाे सुन्दरहरैचा नगरपालिका-१० त्रिबेणीचोकको शिव पंञ्चायन ज्वेलर्समा लुटपाट गर्न खोज्ने हतियारधारी ६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 

उनीहरूको साथबाट एसएमजि एक थान, म्याग्जिन एक थान, ६४ राउण्ड गोली, कटुवा पेस्टोल, अटोमेटिक पेस्तोल, ३०३ राईफलको ४ राउण्ड गोली र हेण्ड सेट २ थान बरामद गरेको छ । 

प्रहरीका अनुसार संखुवासभा बारबिसे-६ घर हाल ईटहरी २० तरहरा डेरा गरी बस्ने ३० वर्षीय चिरञ्जिवि राई, संखुवासभा सभापोखरी ४ घर भई हाल ईटहरी २० तरहरा डेरा गरी बस्ने ३९ वर्षीय चन्द्र बहादुर राई, मोरङ सुन्दरहरैचा ५ बस्ने २२ वर्षीय मिशन राई, भोजपुर पौवादुम्मा गापा ३ घर भई हाल ईटहरी २० तरहरा डेरा गरी बस्ने ३० वर्षीय नगेन्द्र राई र मोरङ सुन्दरहरैचा ७ बस्ने ३१ वर्षीय संतोष राईलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ परेका उनीहरूलाई हातहतियार खरखजना तथा संगठित अपराध अन्तर्गत कानुनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ । 

Skip This
Skip This
Logo