खड्गबहादुर तामाङ मृत्यु घटना छानबिन र परिवारलाई क्षतिपूर्ती दिन तामाङ घेदुङको माग

खड्गबहादुर तामाङ मृत्यु घटना छानबिन र परिवारलाई क्षतिपूर्ती दिन तामाङ घेदुङको माग

केन्द्रबिन्दु
0
Shares

चोरीको आरोपमा पक्राउ परेका ३२ वर्षीय खड्गबहादुर तामाङको स्थानीय र प्रहरीको कुटपिटका कारण मृत्यु भएको नेपाल तामाङ घेदुङले जनाएको छ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुमथाङ गाउँका तामाङको शुक्रबार उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो।

चोरी आरोपमा साउन १८ गते उनी पक्राउ परेका थिए। तर, पक्राउ परेका बेला स्थानीय राम श्रेष्ठसहितको टोलीले रगतपक्ष हुने गरी कुटपिट गरेको र प्रहरीले पनि हिरासतमा लिएर चार दिनसम्म कुटपिट गरी उनलाई मृत्युको मुखमा पुर्याएको घेदुङका महासचिव मोहितकुमार तामाङले दाबी गरेका छन्।

मृतकको शरीरमा भएको निलडाम, घाउचोट र स्थानीयवासीको भनाइले तामाङको मृत्युको कारण कुटपिट नै भएको विज्ञप्तिमार्फत् महासचिव तामाङले उल्लेख गरे।

व्यक्तिले गरेको अपराधलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा हिरासतमा लिइसकेको आरोपितलाई सोधपुछको नाममा प्रहरी र स्थानीयले निर्घात कुटपिट गरी मुत्युको मुखमा पुर्याएर काुननी राज्य व्यवस्थामाथि नै प्रश्न उठाएको भन्दै तामाङले चिन्ता व्यक्त गरेका छन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘नियन्त्रणमा लिइसकेको कुनै पनि आरोपितलाई कुटपिट गर्ने र मर्नेसम्मको अवस्थामा पुर्याउने छुट कसैलाई छैन।’

मृत्यु घटनाको निष्पक्ष छानबिन हुनुपर्ने भन्दै महासचिव तामाङले दोषीलाई कानुन बमोजिमको सजाय दिएर पीडित परिवारलाई उचित क्षतिपूर्ती दिन माग गरे।

Skip This
Skip This
Logo