एमाले फुटाउन देउवा ढुकेर बसेका छन्ः सांसद राई

एमाले फुटाउन देउवा ढुकेर बसेका छन्ः सांसद राई

केन्द्रबिन्दु
0
Shares

एमाले सांसद डा. विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले फुटाएर मात्रै मन्त्रीपरिषद् विस्तार गर्न चाहेको गम्भिर आरोप लगाएकी छन् । 

आईतबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मन्त्रीपरिषदमा समावेश गरौंला भनेर प्रधानमन्त्री देउवाले पर्खेर बसिरहेको दावी गरिन्। उनको भनाइ थियो, ‘चिन्ता शेरबहादुर जी कमजोर हुनु भो भनेर होइन, चिन्ता पुनः संसदीय व्यवस्था कमजोर हुन्छ भन्ने हो । यो व्यवस्थालाई कमजोर बनाउने काम नगर्न प्रधानमन्त्रीलाई मेरो अनुरोध छ ।’

सांसद राईले राजनीतिक संयन्त्र बनाउने हल्लाकै कारण प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद बिस्तार गर्न नसकेर लज्जाजनक अवस्था आएको प्रतिक्रिया समेत दिइन्। संविधानले नचिन्ने राजनीतिक संयन्त्र बनाउने काम गर्न नहुने उनको तर्क थियो ।

त्यस्तै, राष्ट्रियसभाकी अर्की सांसद नन्दा चपाईले सुर्खेतमा प्रसूती गृह अस्पतालको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरिन्। निःशुल्क पाइने औषधिको सूचीसहितको नामकरण जनताले थाहा पाउने गरी जानकारी गराउनुपर्ने पनि उनको माग थियो।

Skip This
Skip This
Logo