क्लब बार्सिलोनासँग सम्झौता नवीकरण हुन नसकेपछि बार्सिलोनाले कप्तान तथा फरवार्ड लियोनल मेस्सीलाई बिदाइ गरेको छ।
बार्सिलोनाले आइतबार कप्तान मेस्सीको बिदाइ गरेको हो। बिदाइको पत्रकार सम्मेलनमा मेस्सीले आफ्नो आँशु थाम्न सकेनन् र उनी स्टेजमै रोएका छन्। त्यसपछि दर्शकहरुले उनको सम्मानमा ताली बर्साएका थिए । मेस्सीको बिदाईमा दर्शकको भिड लागेको थियो।
क्याटलन क्लबको एकेडेमीमा हुर्किएका मेस्सी बार्सिलोनाले ला लिगाको वित्तीय संरचनाको कानुनी अड्चनले गर्दा सम्झौता नवीकरण गर्न नसकिएको जनाएको थियो।
सर्वाधिक ६ पटकको बालोन डी’ ओर तथा ६ पटकको गोल्डेन बुट अवार्ड विजेता ३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए। बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन्।
मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन्। यस्तै उनले ७ पटक कोपा डेल रे उपाधि हात पारे । मेस्सीले आफ्नो कप्तानीमा गत महिना अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए।































प्रतिक्रिया