नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ। बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा दिउसो १२ बजेबाट सुरु भएको हो।
एमालेले आझै दिउँसो ३ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ। सोही बैठकको एजेण्डाबारे छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो।
बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन्। तर, माधव नेपाल पक्षका स्थायी सदस्य भने अनुपस्थित छन्।
एमाले केन्दीय कार्यलय सचिव शेरबहादुर तामाङले भने आजको दुबै बैठकको जानकारी सबै स्थायी र केन्द्रीय कमिटीका सदस्यहरूलाई एसएमएस मार्फत पुर्याएको जानकारी दिए।
विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न आजको बैठक बोलाइएको सचिव तामाङले जानकारी दिए।
स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेश गर्ने र सो प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइनेछ । भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशन तोकिएको छ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने बैठक रोक्न माग गरिरहेको बेला संगठनका काम कारवाही नरोकिने भन्दै एमाले संस्थापन पक्षले गतिविधि जारी राखेको हो ।































प्रतिक्रिया