मोटरसाइकल चोरी गरि भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ

मोटरसाइकल चोरी गरि भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

कीर्तिपुर नगरपालिका–९, नगाउँ स्थित आफू बस्दै आएको घर अगाडि पार्किङ्ग गरीराखेको स्थानबाट हराएको बा ९४ प ७१६४  नम्बरको पल्सर मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई  २४ घण्टा नबित्दै ट्राफिक प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा रामेछाप खाडादेवी गाउँपालिका-७ घर भई हाल काठमाडाैं नारायणटार बस्ने वर्ष १८ को सुन्दर मगर र रामेछाप सुनापती गाउँपालिका-२ घर भइ नारायणटार नै बस्ने दिपक सिंजाली मगर रहेका छन्।

चोरी भएको सूचना प्राप्त हुनासाथ महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालन गरी बिना चावी डाइरेक्ट स्टार्ट गरेर नम्वर प्लेटसमेत परिवर्तन गरी मोटरसाइकल चलाइरहेको अवस्थामा ती दुवैलाई भक्तपुर सूर्यविनायक नगरपालिका- ९, पलासेबाट नियन्त्रणमा लिन सफल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए।

उक्त मोटरसाइकल श्रावण २३ गते रातको समयमा काठमाडौँ किर्तिपुर नगरपालिका–९, नगाउँबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि स्याङ्जा आधिखोला गाउँपालिका-५ घर भइ हाल कीर्तिपुर बस्ने मुक्तिप्रसाद पौडेलले यस महाशाखामा निवेदन दिएका थिए।

पक्राउ परेको मोटरसाइकलसहित दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागि प्रहरी बृत्त, कीर्तिपुरमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ।

पछिल्लो समय उपत्यकाका विभिन्न स्थानहरूबाट चोरी भइ हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निगरानी राखी विशेष कारबाही अभियान ट्राफिक महाशाखाले निरन्तररूपमा चलाइरहेकाे जनाएकाे छ।

Skip This
Skip This
Logo