नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४ औँ महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ ।
महाराजगञ्जमा पार्टीका महामन्त्री डा. शशाङ्क कोइरालाको निवासमा सोमवार दिउँसाे बसेको पौडेल पक्षीय नेताहरूको केन्द्रीय कार्य समिति बैठकले पार्टी नेतृत्वले इमानदार प्रयास गरे अझै पनि समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकतालाई बचाउन सकिने निष्कर्ष निकालेको हो ।
तोकिएकै समयमा पार्टीको महाधिवेशन गरेर यसको वैधानिकतालाई अझै पनि बचाउन सकिने निष्कर्षमा आफूहरू पुगेको वरिष्ठ नेता पौडेलले बताए । त्यसका लागि पार्टी नेतृत्वले इमानदार प्रयास गर्नुपर्ने उनको भनाइ छ ।
क्रियाशील सदस्यताको विवाद देखाएर नेतृत्वले पार्टीको वैधानिकतालाई धरापमा पार्न नहुने पौडेल पक्षको दाबी छ ।































प्रतिक्रिया