राउटे बस्तीमा तीनको मृत्यु, स्वास्थ्य टोली जाँदा जँचाउने कमै

राउटे बस्तीमा तीनको मृत्यु, स्वास्थ्य टोली जाँदा जँचाउने कमै

केन्द्रबिन्दु
0
Shares

जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ । यसै महिनामा उनीहरुको मृत्यु भएको हो ।

एक साताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिए । सुर्खेतको गुर्भाकोटस्थित  कालीमाटी गाउँपालिकाबाट सल्यानको काल्चेखोलामा उनीहरू सरेका थिए । दुबैको मृत्यु भएपछि परम्पराअनुसार दाहासंस्कार गरिएको थियोे ।

परम्पराअनुसार मान्छे मर्दा ठाउँ सर्ने राउटे सोही गाउँपालिकाको काल्चेखोला नजिक सारेका हुन् । यसअघि गुर्भाकोट गाउँपालिकाको आँपसोतीमा रहँदा एक बालिकाको मृत्यु भएको थियो । तीनैजनाको मृत्युपछि अहिले उनीहरूको संख्या १ सय ४० रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए। 

मृत्युको खबर पाएपछि सुर्खेतस्थित जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेसहितको टोलीले सोमबार बस्तीमै पुगेर ५० जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो ।  कतिपय जँचाउन  आएनन् ।

जनस्वास्थ्य प्रमुख वाग्लेका अनुसार राउटे बस्तीका धेरै बालबालिका कुपोषित छन् । त्यो समुदायमा घाउचोट लागेका बिरामी धेरै छन् । त्यस्तै, मदिरा, छाला र उच्च रक्तचापसम्बन्धी रोगी पनि धेरै छन् । राउटेलाई सहयोग गर्दै आएको सोसेक संस्थाको सहयोगमा  केही औषधि पनि वितरण गरिएको थियो। रासस

Logo