नेकपा एमाले अध्यक्ष केपी ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्न माग गरेका छन्।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले टेबुलिङ भइसकेकोले संसदमा निर्णयार्थ पेस गर्न माग गरेका हुन्।
संसदमा १६५ सांसद प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा रहेकाले निर्णयार्थ प्रस्तुत गरेपछि ड्यामड्याम ताली बज्न सक्ने बताए।
‘एमसीसी यहाँ छ, टेबुलमा छ, पेस गर्न भन्नुहोस् निर्णयार्थ, यहीँ भइहाल्छ, आफैंसँग १६५ सांसद छन्, निर्णयार्थ प्रस्तुत गर्छु भन्दा त १६५ वटा ताली ड्यामड्याम बज्ला त’, ओलीले भने।
उनले गठबन्धन सरकार मिलिजुली खान बनेको टिप्पणी पनि गरे। त्यसकारण गठबन्धन सरकार धरापमा पर्ने बताए।































प्रतिक्रिया