राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले पूर्वप्रधानमन्त्री केपी ओली फोबियाका कारण वर्तमान सरकार विस्तार हुन नसकेको टिप्पणी गरेका छन् ।
मंगलबारको राष्ट्रियसभा बैठकमा बोल्दै एमाले सांसद भट्टराईले पूर्वप्रधानमन्त्री ओली सिंहदरबार छोडेर बालकोट गएपनि नेपाली राजनीति उनकै वरपर घुमेको दाबी गरे । उनले ओलीले आफ्नो जीवन सामाजिक रुपान्तरण र राजनीतिक परिवर्तनका लागि व्यतित गरेको भन्दै उनको निष्ठामाथि प्रश्न नगर्न आग्रह गरे ।
सांसद भट्टराईले नेपाली कांग्रेस पार्टी विचारशुन्य भएको टिप्पणीसमेत गरे । कांग्रेसले भन्ने गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्शको मृत्यू भइसकेको उनको तर्क थियो । त्यसैगरी माओवादी आफ्नो तागतमा उभिन नसकेर बैशाखीको खोजी गर्दै हिँडेको उनको जिकिर थियो ।
।































प्रतिक्रिया