काठमाडौं उपत्यकामा आज थपिए १ हजार १८९ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा आज थपिए १ हजार १८९ कोरोना संक्रमित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज १ हजार १८९ जना कोभिड संक्रमित थपिएका छन्। आज काठमाडौंमा ७९५, ललितपुरमा २३९ जना र भक्तपुरमा १५२ संक्रमित थपिएका हुन्। 

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ११५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७३ हजार १९८ पुगेको छ।

नेपालमा आज ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १ हजार ७१० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख २० हजार ६८० जना र एन्टीजेन परीक्षणबाट ७१ हजार २३० जना पुगेको छ। 

आज ३५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ।

आज १९ हजार १२३ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३७ लाख ७ हजार ३९६ जनाको पिसिआर र ३ लाख ६९ हजार ६५० जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo