संयुक्त राज्य अमेरिकामा डेमाक्रेटिक पार्टीका १७ जना सेनेटरहरूले महान्यायाधिवक्ता मेरिक गार्लान्डसमक्ष मृत्युदण्डको व्यवस्था हटाउन माग गरेका छन्।
गार्लान्डले अमेरिकी संघीय सरकारको मृत्युदण्डको व्यवस्थालाई समीक्षाका लागि स्थगन गरेपछि सेनेटरहरूले उनलाई पत्र लेख्दै त्यस्तो आग्रह गरेका हुन्।
डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदाका महान्यायाधिवक्ता विलियम बारले १७ वर्षदेखि स्थगनमा रहेको मृत्युदण्डको व्यवस्थालाई सन् २०१९ को जुलाइमा ब्युँताएपछि १३ जना लाई मृत्युदण्डको सजाय भएको थियो।
उनीहरूले ट्रम्प प्रशासनको सो निर्णयलाई पनि आफ्नो पत्रमा समावेश गर्दै आफूहरू सो निर्णय हुँदा चिन्तित भएको बताएका छन्। पछ्रिल्लो सात दशकमाभन्दा बढी ट्रम्पकै कार्यकालमा मृत्युदण्ड दिएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्।
रंगभेदले मृत्युदण्ड कसले पाउँछ भन्ने कुरामा पनि प्रभाव पारेको उनीहरूको बुझाई छ।































प्रतिक्रिया