समृद्धि स्कुलले विश्वस्तरीय ‘लिडर इन मि’ कार्यक्रम ल्याउँदै

समृद्धि स्कुलले विश्वस्तरीय ‘लिडर इन मि’ कार्यक्रम ल्याउँदै

केन्द्रबिन्दु
0
Shares

समृद्धि स्कुलले कक्षा १ देखि ९ सम्मका विद्यार्थीमा नेतृत्व क्षमता विकास गर्नका लागि ‘लिडर इन मि’ कार्यक्रम ल्याउने भएको छ। समृद्धि स्कुल नेतृत्व विकासका लागि अन्तर्राष्ट्रिय ख्याति कमाएको यो कार्यक्रम नेपालमा ल्याउने पहिलो स्कुल हुने भएको छ। 

नेतृत्व क्षमता विकास मानिसको सुरुवाती वर्षमा मात्रै सम्भव भएकाले कक्षा १ देखिका विद्यार्थीलाई कार्यक्रममा समावेश गरिएको स्कुलको ठम्याइ छ।  

‘लिडर इन मि’ कार्यक्रम स्टिफन कोभेको बहुचर्चित पुस्तक ‘द सेभेन ह्याबिट्स अफ हाइली एफेक्टिभ पिपल’ (अर्थात् प्रभावकारी मानिसका सात बानीहरू) मा आधारित छ। 

‘लिडर इन मि’ कार्यक्रमको उद्घाटन समृद्धिले बिहीबार गर्दैछ। दुई घण्टाका लागि तय गरिएको यो उद्घाटन समारोह विद्यार्थी र अभिभावकलाई कार्यक्रमको सुरुवात, उद्देश्य र शैलीबारे जानकारी दिन आयोजना गर्दैछ।

उद्घाटन समारोहमा समृद्धि स्कुल र ‘लिडर इन मि’ कार्यक्रमको निर्माता फ्रांकलिन कोभे इन्टरनेसनलबीच समझदारी पत्रमा हस्ताक्षर हुनेछ। यो समझदारीले ‘लिडर इन मि’ कार्यक्रमका स्रोत–सामग्री समृद्धि स्कुललाई उपलब्ध गराउनेछ, जसको प्रयोग समृद्धि स्कुलले कार्यक्रम सञ्चालनका लागि गर्नेछ। ‘लिडर इन मि’ कार्यक्रमका स्रोत–सामग्री सशुल्क हुने भएकाले समझदारी भएपछि उसले ती सामग्री आफै कार्यक्रम सञ्चालन गर्न आवश्यक हुन्छ।   

नेपालका अन्य स्कुलभन्दा फरक ढंगले स्कुल शिक्षालाई अघि बढाउँदै समृद्धिले ल्याउन लागेको ‘लिडर इन मि’ कार्यक्रम विद्यार्थीका लागि मात्रै नभई अभिभावकका लागि पनि भएको स्कुलका प्राचार्य एवम् प्रमुख कार्यकारी अधिकृत नरेश प्रसाद श्रेष्ठ बताउँछन्। 

‘हाम्रा प्राय शिक्षकहरू यस कार्यक्रममा अभ्यस्त भइसक्नु भएको छ। अबको कार्यक्रमले विद्यार्थी र अभिभावकलाई लक्षित गरेको छ,’ श्रेष्ठले भने, ‘विद्यार्थीलाई यो कार्यक्रम अन्तर्गत नेतृत्व विकासका लागि सबैभन्दा महत्वपूर्ण मानिने आचरण र संस्कृतिमा आधारित शिक्षा दिइनेछ। साथै अभिभावकले आफ्ना बालबालिकामा नेतृत्व विकास गर्नका चाल्नु पर्ने कदमबारे उहाँहरूलाई प्रशिक्षण दिइनेछ।’

‘साथै यो कार्यक्रम छुट्टै कोर्सको रूपमा भन्दा पनि नियमित पाठ्यक्रममा समाविष्ट गरेर अगाडि बढाइनेछ,’ श्रेष्ठले भने। उद्घाटन समारोहमा ४०० भन्दा बढी अभिभावक आफ्ना बालबालिकासहित ‘जुम’ एप मार्फत् उपस्थित हुने पनि उनले बताए। 

बहुआयामिक र नतिजा–केन्द्रित ‘लिडर इन मि’ कार्यक्रम स्वभावीय विकासको प्रशिक्षणमा आधारित छ। 

‘सकारात्मकता नेतृत्वको एउटा पाटो हो। यस नकारात्मक घडिमा सकारात्मकताको विकास गर्दै यो कार्यक्रम कार्यान्वयनमा ल्याउने योजनामा हामी छौँ,’ श्रेष्ठ भन्छन्।

Skip This
Skip This
Logo