कैलालीको भासु भिरबाट जीप खस्दा दुई जनाकाे ज्यान गएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । धनगढीदेखि गइरहेकाे प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरकाे जीप दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएकाे छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ज्यान गुमाउनेमा कैलालीको चुरे गाउँपालिका ६ की ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिका १ की पाँच वर्षीया एलिसा खड्का रहेका छन् ।
यस्तै दुर्घटनामा जोरायल १ का जीप चालक रमेश खड्का, २८ वर्षीया निर्मला खड्का र चुरे गाउँपालिका ६ का सुशील साउँद घाइते भएका छन् ।





























प्रतिक्रिया