साँघु तर्ने क्रममा चिप्लिएर नदीमा खसेका दुई जना बेपत्ता

साँघु तर्ने क्रममा चिप्लिएर नदीमा खसेका दुई जना बेपत्ता

केन्द्रबिन्दु
0
Shares

काठको साँघु तर्नेक्रममा  चिप्लिएर  नदीमा खस्दा  दुई जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया  सुनिता रावल छन्। 

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका जनाइएको छ। उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुडी सङ्कलन गर्न जानेक्रममा बुधबार साँझदेखि बेपत्ता भएका स्थानीयवासी तारा रावलले जानकारी दिइन्। हराइरहेकाहरुको खोजी  जारी रहेको उनले बताइन्। 

जडीबुटी सङ्कलनका लागि थाली गाउँका करिब ३० जना गएका बताइएको छ। हुम्लासहित बाजुरा, मुगु, बझाङलगायत नागरिक यस याममा जडीबुटी सङ्कलन गर्न पाटनतिर जाने गर्दछन्।

Skip This
Skip This
Logo