माधव नेपालले चाहे तत्काल दल विभाजन अध्यादेश ल्याउन गठबन्धन तयार

माधव नेपालले चाहे तत्काल दल विभाजन अध्यादेश ल्याउन गठबन्धन तयार

केन्द्रबिन्दु
0
Shares

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल एमालेबाट अलग हुने निष्कर्षमा पुगे तत्काल राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउन सत्तारुढ गठबन्धन तयार रहेको छ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहेका एक पूर्वमन्त्रीले दिएको जानकारी अनुसार नेपालले गठबन्धनलाई दल विभाजन गर्छु मात्रै भने तत्काल अध्यादेश ल्याउन सत्तागठबन्धन तयार रहेको छ।

‘माधवकुमार नेपालले अलग हुन्छु भन्ने निष्कर्ष निकालिसकेका छैनन्, निष्कर्षमा पुगे अहिले नै अध्यादेश आउँछ’, उनले भने।

माधव नेपाल समूह पछिल्लो समय एमालेमा रहनुभन्दा बाहिर रहनु राम्रो भन्ने निष्कर्षमा छ।

नेपालले पार्टीमा नमिल्न अनेकन बखेडा झिक्ने गरेका छन्। यता ओलीले भने ती सबै कुरालाई बेवास्ता गर्दै पार्टी गतिविधि अगाडि बढाइरहेका छन्।

तथापि नेपाल आउलान् कि भनेर अनेकन अफर भने दिँदै आएका छन्।

Logo