नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सुरु भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक तथा सांगठानिक प्रतिवेदनमाथि बैठकमा समूहगत छलफल सुरु भएको हो।
सात प्रदेश कमिटी र प्रवाससँगै सम्पर्क कमिटी गरी बनेका आठ समूहले छलफलबाट निकालेको निष्कर्ष समूहका एक÷एक नेताले प्रस्तुत गर्ने भएका छन्।
स्थायी कमिटी बैठकमा समूहगत निष्कर्षको थप व्याख्या गरी प्रतिवेदन पारित गरिने भएको छ।
अध्यक्ष ‘प्रचण्ड’ ले आगामी पुसको दोस्रो साता सम्मेलन गर्ने, सत्तारुढ गठबन्धनलाई अर्को निर्वाचनसम्मै निरन्तरता दिने र एमालेको संगठनात्मक स्वरूपमा पार्टी संगठन संरचनाको प्रस्ताव गरेका छन्।
माओवादी केन्द्रीय कमिटी बैठक शनिबारबाट सुरु भएको हो।





























प्रतिक्रिया