अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोजमा, ७९९ प्रतिनिधि रहने

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोजमा, ७९९ प्रतिनिधि रहने

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आगामी असोज ८, ९ र १० गते २२ औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । 

आइतवार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सम्मेलनको माध्यमबाट नयाँ शिक्षा नीति, नयाँ नेतृत्व निर्वाचित गर्ने, विद्यार्थी आन्दोलनको नयाँ कार्यदिशा विकसित गर्ने अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए। 

सम्मेलन सम्पन्न गर्न भाद्र १५ सम्ममा ईकाइ क्याम्पस, पालिका भेला गरिसक्ने, भाद्र २५ सम्ममा जिल्लाहरुको भेला र भाद्र २५ देखि असोज १ गतेसम्म प्रदेश भेला गरिसक्ने तालिका छ।

उपाध्यक्ष बस्नेतका अनुसार राष्ट्रिय सम्मेलनमा ७९९ प्रतिनिधि रहने छन् । जबकि २१ औँ सम्मेलनमा २२ सय प्रतिनिधि थिए । कोभिडका कारण प्रतिनिधि घटाइएको बताइएको छ ।

प्रज्ञा भवनमा गरिने राष्ट्रिय सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्नेछन् । 

Logo